काठमाडाैं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा शिवप्रसाद ज्ञवाली निुक्त भएका छन् ।
लघुवित्त कम्पनी सञ्चालक समितिको असोज २९ गते साेमबार बसेको १३९ औं बैठकको निर्णय अनुसार पाल्पा निवासी शिवप्रसाद ज्ञवाली प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् । ज्ञवालीलाई कार्तिक १ गतेदेखि लागू हुने गरी चार वर्षका लागि नियुक्त गरिएको हो ।
यससँगै ज्ञवालीले २०८४ असोज ३० गतेसम्म आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख व्यवस्थापकीय जिम्मेवारी निर्वाह गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्