Shikhar Insurance
National Life

यस्ताे छ मुलुकको पछिल्लो आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठसहित)

सिंहदरबार संवाददाता
२०८० आश्विन ३०, मंगलवार १४:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिनाको वित्तीय स्थिति सार्वजनिक गरेको हो ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ८.१९ प्रतिशत रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आयात ५.१ प्रतिशत, निर्यात ७.८ प्रतिशत र कुल वस्तु व्यापार घाटा ४.७ प्रतिशतले घटेको छ भने, समीक्षा अवधिमा विप्रेषण आप्रवाह २२.१ प्रतिशतले वृद्धि भई २२८ अर्ब ३७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई १ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ११.३ प्रतिशतले बढेको थियो ।

त्यसैगरी, शोधनान्तर स्थिति ५३ अर्ब ६१ करोड रुपैयाँ बचतमा रहेको छ । २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३.९ प्रतिशतलेवृद्धि भई २०८० भदौ मसान्तमा १५ खर्ब ९८ अर्ब ९० करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० भदौ मसान्तमा २.६ प्रतिशतले वृद्धि भई १२ अर्ब १ करोड पुगेको छ ।

नेपाल सरकार, अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ को दुई महिनामा नेपाल सरकारको कुल खर्च १३१ अर्ब १४ करोड भएको छ । समीक्षा अवधिमा चालु खर्च ८७ अर्ब ६६ करोड, पुँजीगत खर्च ८ अर्ब १६ करोड र वित्तीय व्यवस्था खर्च ३५ अर्ब ३१ करोड रहेको छ ।

समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) १४१ अर्ब ८ करोड भएको छ । यस अन्तर्गत कर राजस्व १२७ अर्ब ९६ करोड र गैर कर राजस्व १३ अर्ब १२ करोड परिचालन भएको छ

विस्तृत मुद्राप्रदाय ०.५ प्रतिशतले घटेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२.० प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ०.१ प्रतिशतले घटेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा ०.७ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १३.२ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४.० प्रतिशत रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्