काठमाडाैं । नेपाली बजारमा मंगलबार सुन प्रतितोला ४ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ९ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ७सय ५० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको थियो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय १६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्