काठमाडौं । तमोर मेवा हाइड्रो पावरको पिपिए सम्पन्न भएको छ । कम्पनी र नेपाल विद्युत प्राधिकरण बिच पिपिएमा हस्ताक्षर भएको हो ।
१२८ मेगावाटको आयोजना आगामी ४ बर्ष भित्र निर्माण सम्पन्न गर्ने योजना रहेको छ ।
नेको इन्स्योरेन्स कम्पनीको ५० करोड अर्थात करिब १० प्रतिसत लगानी रहनेछ । आयोजनामा लगानी गर्न विभिन्न बाणिज्य बैंकहरुले अग्रसरता देखाइसकेका छन् ।
ताप्लेजुङको तमोर नदिमा निर्माण हुने आयोजनाको प्रती मेगावाट लागत करिब १८ करोड रुपैयाँ मात्रै रहेको छ । आयोजनालाई स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले प्रवर्द्धन गरेको छ । आयोजनाको कुल लागत करिब 23 अर्ब हुने प्रक्षेपण गरिएको छ ।
कम्पनीमा१६.२६ मेगावाटको हिम रिभर लिमिटेडको समेत ४० करोडको लगानी रहनेछ!
आयोजनामा अन्य बीमा कम्पनीहरु समेत लगानी गर्ने चाहना राखेको नेको इन्स्योरेन्स कम्पनीका सिईओ अशोक खड्काले बताए ।
प्रतिक्रिया दिनुहोस्