कठमाडौँ । एलजी इलेक्ट्रोनिक्सले टिभी र प्रमुख होम अप्लाइन्सेसको लागि २०२३ अमेरिकी कस्टमर स्याटिसफ्याक्सन इन्डेक्स(एसीएसआई) सर्वेक्षणबाट उत्कृष्टताको मान्यता प्राप्त गरेको छ
ग्राहकको प्रतिक्रियामा आधारित उत्कृष्ट उत्पादनहरू प्रदान गरेर उपभोक्ताहरूको दैनिक जीवनलाई समृद्ध बनाउने एलजीको दृढ प्रतिबद्धता लिएको छ । एसीएसआइ एक मात्र अमेरिकी संस्था हो जसले उद्योगहरूको सन्तुष्टि मापन गर्दछ । दुई दशकभन्दा बढी विशेषज्ञता भएको उक्त संस्थाको सर्वेक्षणका निष्कर्ष अत्यन्त विश्वसनीय मानिन्छ जुन ५ लाख भन्दा बढी ग्राहकहरूको अन्तर्वार्ताबाट साभार गरिएको छ ।
एलजीले यस वर्षको एसीएसआइ टिभी क्याटगोरीमा ८३ स्कोर रेकर्ड कायम गरी शीर्ष स्थान हासिल गर्न सफल भई ४ प्रतिशत वृद्धि भएको छ । एलजी टिभीले उत्पादनको स्थायित्व, इन्टर्नल कन्फिरेसन, बाहिरी डिजाइन र वारेन्टी कभरेज लगायत धेरै क्याटगोरीमा ग्राहकहरू माझ लगातार उत्कृष्ट नतिजा प्राप्त गरेको छ । गत वर्ष ८१ स्कोर हासिल गर्ने एक मात्र उत्पादक रहेको एलजीले, यस वर्ष ८२ अंकको साथ गौरवपूर्ण स्याटिसफ्याक्सन इन्डेक्स हासिल गरेको छ । जुन एलजीको अघिल्लो उपलब्धिभन्दा एक अंकको वृद्धि हो।
एलजीले आफ्नो भिजनलाई दिगो तथा वातावरण मैत्री प्रविधिसँग एकबद्ध गरेको छ । अमेरिकी ऊर्जा विभागले उत्पादकहरुलाई होम अप्लाइन्सेसमा पानी र ऊर्जा खपत घटाउनका लागि विभिन्न नियमहरू र मापदण्डहरू निर्माण गरेको छ । यी सत्प्रयासका माझ, एलजी वातावरण संरक्षणमा सदैव समर्पित रहेको छ ।एलजीले नेपालमा पनि बिगत ३५ बर्ष देखि दिगो तथा वातावरण मैत्री प्रविधियुक्त उत्कृष्ट उत्पादनहरू भित्र्याएको छ । नेपालभरी एलजी ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इलेक्ट्रोनिक्स रहेको छ ।
प्रतिक्रिया दिनुहोस्