Skip to content
Shikhar Insurance
National Life

सामसङ २०२३ टिभी सिरिज नेपाली बजारमा, यूएचडी र क्यूएलईडी टिभी किन्दा ४१ प्रतिशत छुट

Hyundai
NCELL
NIMB

काठमाडौं । सामसङले आफ्नो क्रिस्टल यूएचडी टिभी र क्यूएलईडी टिभी सेटहरुको नयाँ लाइन–अप, २०२३ सी–सिरिज टिभीहरुको लन्च गरेको छ । यो सिरिजको टिभीहरु यही वर्षको दसैं–तिहारको लागि भनेर नेपालमा आइसकेका छन् ।

यो नयाँ लाइन–अपको टिभीहरु ४३ इन्च देखि ८५ इन्चसम्मका विभिन्न साइजमा उपलब्ध छन् । नेपाली बजारमा आएको यी नयाँ २०२३ क्रिस्टल यूएचडी टिभी र क्यूएलईडी टिभीमा सामसङको फ्ल्यागसिप फिचरहरू नि जडित छन्, जस्तै सामसङको सिग्नेचर नक्स सेक्युरिटी, बिल्ट–इन एआई भ्वाइस असिस्टेन्ट बिक्स्बी, स्मार्टथिन्ग्स एपको एक्सेस र स्लिमफिट क्यामको साथ भिडियो कल गर्न मिल्ने सुविधा।

यी टिभीहरूमा काल्म अनबोर्डिङ र अटो ब्राइटनेस एड्जस्ट गर्नको लागि आईओटी लाइट सेन्सरहरूको सुविधा पनि रहेको छ। यसै सँगै सी–सिरिजका टिभीहरू वातावरणलाई ध्यानमा राखेर डिजाइन र निर्माण गरिएका छन् र धेरै पार्टहरू पुनस् नवीनीकरण गरिएका हुनुको साथै सोलार सेल रिमोट र एआई एनर्जी सेभिङको नि प्रयोग गर्छ।

यो जस्तै धेरै अरू सुविधाहरू समेटी सामसङले आफ्नो प्रयोगकर्ताहरूलाई एक असल कनेक्टेड एक्सपिरियन्सको अनुभव प्रदान गर्छ। यसको साथसाथै ३१ डिसेम्बर २०२३ भित्रमा खरिद गरिएका सब २०२३ टिभीहरूमा ३ वर्षको पूर्णवारेन्टी उपलब्ध गराएको छ ।

नयाँ क्रिस्टल यूएजडी सीयू७७००, सीयू८०००, क्यूएलईडी टीभी क्यू६० सी शृङ्खलाहरूमा यो दसैँ र तिहार विशेष अफरमा उपलब्ध छन् । यस अफरमार्फत तपाईंले सामसङ टिभीहरूमा ४१ प्रतिशतसम्म छुट र सन् २०२३ को अन्त्यसम्म यस अफर अवधिमा खरिद गरेको हरेक टिभीमा ३ वर्षको वारेन्टी अवधिको मजा लिन सकिनेछ । चाडपर्व अफरमा नयाँ सि–सिरिजको मूल्य विशेष ७२ हजार १ सय ५९ रुपैयाँबाट सुरू हुने कम्पनीले बताएको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्