Skip to content
Shikhar Insurance
National Life

युनिलिभर नेपालद्वारा लगानीकर्ताहरुलाई प्रतिकित्ता १ हजार ५८० रुपैयाँ लाभांश घोषणा

Hyundai
NCELL
NIMB

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले लगानीकर्ताहरुलाई वितरण गर्न लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने प्रतिकित्ता १ हजार ५८० रुपैयाँ लाभांश घोषणा गरेको हो ।

असोज २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने घोषणा गरेको हो।

कम्पनीले अहिलेसम्म वितरण गरेको लाभांशमध्ये सबैभन्दा धेरै लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले सफलतापुर्वक सञ्चालनको ३० वर्ष सम्पन्न गरेको खुशियालीमा सो दरमा लाभांश वितरण गर्ने घोषणा गरेको हो।

लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर १२ गतेदेखि २६ गतेसम्म बुकक्लोज गर्ने भएको छ। सोहिअनुसार मंसिर ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

GBIME

प्रतिक्रिया दिनुहोस्