काठमाडौं । एनआईसी एसिया बैंकको २६ औं वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न साधारणसभाले गत आर्थिक वर्ष २०७९/८० को मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्ता पुँजीको २९ प्रतिशत बोनस सेयर (३ अर्ब ३५ करोड ३५ लाख ६१ हजार ५ सय ५६ रूपैयाँ) र कर प्रयोजनार्थ १.५२६३ प्रतिशत नगद लाभांश ( १७ करोड ६५ लाख ३ हजार २ सय ४० रूपैयाँ) समेत गरी कुल ३०.५२६३ प्रतिशत लाभांश (३ अर्ब ५३ करोड ६४ हजार ७ सय ९६ रूपैयाँ) वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।
बैंकको २६ औं वार्षिक साधारणसभाले २९ प्रतिशत बोनस सयर पारितगरेपश्चात् बैंकको कुल चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९ सय २२ रूपैयाँ पुगेको छ । साथै, सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८० असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
एनआईसी एसिया मुलुकमा सबैभन्दा धेरै बैंकिङ सञ्जालहरू भएको बैंकहरूमध्येको बैंक हो । यस बैंकले मुलुकभर ३ सय ६० शाखा कार्यालय, ६ सय ३१ एटिएम, १ सय १० वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।
प्रतिक्रिया दिनुहोस्