Skip to content
Shikhar Insurance
National Life

घटेको बजारमा दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजार घटेर बन्द भएको छ। गत साताको अन्तिम कारोबार दिनदेखि ओरालो लागिरहेको नेप्से बुधबार सामान्य अंक बढेर बन्द भएको थियो। आज पुनः नेप्से घटेर बन्द भएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार २०.१६ अंक घटेर १८७४.६० विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.९५ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.४५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०६ अंक घटेको छ।

घटेको सेयर बजारमा बिहीबार दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन भगवती हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत बढेर कारोबार भएको हो। भगवती र मिड सोलु यसै दिनदेखि कारोबारमा आएका कम्पनी हुन्। त्यस्तै, हाथवे इन्भेष्टमेन्टको सेयर मूल्य ९.९८ प्रतिशत, एनआईबिएल ग्रोथ फण्डको ९.९५ प्रतिशत, सानिमा ग्रोथ फण्डको ९.९४ प्रतिशत र सयपत्री हाइड्रोपावरको सेयर मूल्य ९.९३ प्रतिशतले बढेको छ। कारोबारमा आएको सिटि होटलको मूल्य सर्वाधिक ९.०९ प्रतिशत घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन १ अर्बको सेयर खरिदबिक्री भएको बजारमा यस दिन २९२ कम्पनीको ६२ हजार ४६ पटकको कारोबारमा १ अर्ब ७० करोड १ लाख रुपैयाँ बराबरको ७५ लाख ५८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन लक्ष्मी सनराइज बैंकको संस्थापक सेयर शीर्ष स्थानमा रहेको छ। बैंकको १६ करोड ३८ लाख रुपैयाँ बराबरको संस्थापक सेयर कारोबार भएको छ।

त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५ करोड ४ लाख, नेपाल एसबीआई बैंकको ४ करोड १९ लाख, सिद्धार्थ बैंकको ३ करोड ९० लाख र शिवम् सिमेन्टको ३ करोड ७३ लाख रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक १.१६ प्रतिशत बढेको हो। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन विकास बैंक, वित्त, जलविद्युत, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ

GBIME

प्रतिक्रिया दिनुहोस्