Shikhar Insurance
National Life

सुन तस्करीः राहुल महरासहित ४ जनाविरुद्ध मुद्दा दायर

सिंहदरबार संवाददाता
२०८० आश्विन २५, बिहीबार ११:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । विद्युतीय चुरोट (भेप) मा लुकाएर सुन तस्करी गरेको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल (रेशमबहादुर) सहित चार जनाविरुद्ध आज काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

सङ्गठित अपराध, भन्सार छलीलगायत कसुर गरेको आरोपमा निजविरुद्ध मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख, सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त कसुर गरेको आरोपमा राहुलसहित काठमाडौंका लोकेन्द्रकुमार पौडेल, कपुरधारा बस्ने बेल्जियमका नागरिक दावा छिरिङ, काठमाडौंको बौद्धका निमा गुरुङविरुद्ध अभियोजन दर्ता भएको सहन्यायाधिवक्ता नेउपानेले बताए ।

अभियुक्त निमा हाल फरार छन्भने दावा ६१ किलो सुन तस्करीका आरोपी समेत हुन्। अघिल्लो वर्ष २०७९ पुस १० गते दुबईबाट भेपमा लुकाएर करिब नौ किलो सुन तस्करी भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्