Shikhar Insurance
National Life

टेलिकमको भ्वाइस र डाटामा अफरै अफर, ९५ रुपैयाँमा ७ दिनसम्म अल टाइम डाटा

सिंहदरबार संवाददाता
२०८० आश्विन २४, बुधबार १७:४६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल टेलिकमले बुधबारदेखि लागू हुने गरी अटम अफर उपलब्ध गराउने भएको छ। यसअन्तर्गत कम्पनीले विभिन्न भ्वाइस तथा डाटा अफरलाई अझ आकर्षक बनाएको टेलिकमले बताएको हो ।

अनलिमिटेड अन–नेट भ्वाइस प्याकेजअन्तर्गत १३ रूपैयाँमा बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म नेपाल टेलिकमको नेटवर्कमा असिमित कुराकानी गर्न सकिने (अनलिमिटेड डे टाइम भ्वाइस) प्याकेज उपलब्ध हुनेछ । त्यसैगरी सोही अनलिमिटेड अन–नेट भ्वाइस प्याकेजअन्तर्गत १३ रूपैयाँमै बेलुकी १० बजेदेखि बिहान ६ बजेसम्म नेपाल टेलिकमको नेटवर्कमा असिमित कुराकानी गर्न सकिने गरी (अनलिमिटेड नाइट टाइम भ्वाइस) प्याकेज पनि उपलब्ध हुनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अल नेट भ्वाइस प्याक अन्तर्गत १८ रूपैयाँमा १ दिनभित्र सबै नेटवर्कमा २५ मिनेट कल गर्न सकिने सुविधा उपलब्ध हुनेछ । यसैगरी अल टाइम डाटा प्याकअन्तर्गत ९५ रूपैयाँमा ७ दिनसम्म जुनसुकै समयमा चलाउन सकिने २.५ जीबी डाटा उपलब्ध हुनेछ । त्यसैगरी आकर्षक सुविधा सहितको फोरजी अल टाइम डाटा अफर, युट्युब र फेसबुक चलाउन सकिने सोसल मिडिया प्याक र स्टे कनेक्टेड अल टाइम अफर समेत उपलब्ध हुनेछ ।

प्रिपेडमा पनि सजिलो अनलिमिटेड ६३६ प्याकेजः कम्पनीले पोस्टपेड मोबाइलमा उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड ६३६ प्याकेज प्रिपेड मोबाइलमा पनि उपलब्ध गराउने भएको छ। यसअनुसार ६३६ रूपैयाँमा नेपाल टेलिकमको नेटवर्कमा अनलिमिटेड भ्वाइस, १५० मिनेट अन्य नेटवर्कमा (अफ–नेट) भ्वाइस, २०० वटा सबै नेटवर्कमा एसएमएस र ९ जीबी डाटासहितको प्याकेज उपलब्ध हुनेछ । सो प्याकेज २८ दिनसम्म चलाउन सकिने छ ।

नेपाल टेलिकम एप डाउनलोड गर्दा १ जीबी बोनस डाटा स् कम्पनीका सेवाग्राहीले ‘नेपाल टेलिकम’ एप डाउनलोड गरेर चलाउँदा १ जीबी डाटा बोनसको रुपमा उपलब्ध हुनेछ । सो डाटा ३ दिनसम्म प्रयोग गर्न सकिने छ ।

अटम अफरअन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415*1# डायल गर्नुपर्ने छ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत यससम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्