Skip to content
Shikhar Insurance
National Life

कर्तव्य ज्यान मुद्दाका आरोपी १९ वर्षपछि पक्राउ

Hyundai
NCELL
NIMB

चितवन । कर्तव्य ज्यान मुद्दामा फरार आरोपी १९ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२८ मेघौलीका ४३ वर्षीय कृष्ण भनिने तोयानाथ चापागाईं रहेका जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डित जानकारी दिए। उनलाई प्रहरीले सोमबार नवलपरासीको बर्दघाट सुस्ता पश्चिमबाट पक्राउ गरेको हो।

प्रनाउ पण्डितका अनुसार चापागाईंले विसं २०६१ मङ्सिर १४ गते भरतपुर महानगरपालिका–७ की मनकुमारी वाग्लेको घरमा गई सुतेको अवस्थामा बाँसको लौरो र ढुङ्गाले टाउकामा प्रहार गरी हत्या गरेका थिए ।

“वाग्लेको हत्या गरी कानमा लगाएको गरगहना लुटेर उनी फरार भएका थिए । उनलाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाको विशेष सूचनाका आधारमा बर्दघाट–४ स्थित शिव मन्दिरमा भेष बदलेर साधुका रुपमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो”, उनले भने। चापागाईं पक्राउ परेसँगै थप अनुसन्धान सुरु गरिएको प्रनाउ पण्डितले बताए।

GBIME

प्रतिक्रिया दिनुहोस्