Skip to content
Shikhar Insurance
National Life

दुई कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेञ्ज कुनले कति पाए ?

Hyundai
NCELL
NIMB

काठमाडौं । बुधबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको आईपीओ सूचीकृत भएको छ । आज मिड सोलु हाइड्रोपावर र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको हो।

यी दुबै कम्पनीको सेयर भोली अर्थात् बिहिबारदेखि दोस्रो बजारमा कारोबार गर्न मिल्ने गरी नेप्सेमा सूचीकृत गरेको हो । यस अनुसार भोली बिहीबारको स्पेशल प्रि आपन सेसनमा पहिलो कारोबार भएपश्चात यी कम्पनीहरुको सेयर नियमित बजारमा कारोबार गर्न सकिनेछ ।

भगवती हाइड्रोपावरले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानिय बासिन्दा, कर्मचारीहरु सहित सर्वसाधारणका लागि निष्काशन गरेको १४ लाख ३० हजार १६२ कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको ४२ लाख ९० हजार ४८५ कित्ता सेयर गरी कुल ५७ लाख २० हजार ६४७ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ।

नेप्सेले पहिलो कारोबारको लागि कम्पनीलाई १२० रुपैयाँ ४१ पैसादेखि ३६१ रुपैयाँ २३ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। कम्पनीको सेयर बीजीडब्लुटी टिकरमा कारोबार हुनेछ।

त्यस्तै, मिड सोलुले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानिय बासिन्दा, कर्मचारीहरु सहित सर्वसाधारणका लागि निष्काशन गरेको १४ लाख ९६ हजार ८०० कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको ५९ लाख ८७ हजार २०० कित्ता सेयर गरी कुल ७४ लाख ८४ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।

नेप्सेले पहिलो कारोबारको लागि कम्पनीलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। कम्पनीको सेयर एमएसएचएल टिकरमा कारोबार हुनेछ।

नेप्सेले दिएको यही कारोबार रेञ्जमा रहेर बिहिबार दुबै कम्पनीको सेयर कारोबार खुल्नेछ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्