काठमाडौं । नेपालीहरुको महान् चाड दसैंलाई लक्षित गरी विभिन्न अफरहरूसहित लक्ष्मी सनराइज बैंकले ‘दशैँ आयो’ योजना ल्याएको छ। दसैँको उपलक्ष्यमा अझ उत्साह र रमाइलो थप्न यो योजना ल्याइएको बैकले जनाएको छ ।
असोज १८ देखि कात्तिक ३० गतेसम्म लागू हुने यस योजना अन्तर्गत लक्ष्मी सनराइज बैंकको मोबाइल मनी, डेबिट कार्ड तथा क्रेडिट कार्ड प्रयोगमा विभिन्न प्रकारका क्यास ब्याक प्राप्त गर्न सकिने छ । परम्परागत रूपमा दसैंमा गरिने गतिविधिहरुलाई थप उत्साह प्रदान गर्न सो योजना ल्याइएको हो।
पहिलो अफर ‘घुम्न जाउँला’मा लक्ष्मी सनराइज बैंकको मोबाइल मनी प्रयोग गरी बस र हवाई टिकट खरिद गर्दा क्रमशः २५० र ५०० सय रूपैयाँको क्यासब्याक पाउन सकिनेछ। यो अफर असोज १८ गतेदेखि कात्तिक ३० गतेसम्म लागू हुनेछ भने क्यासब्याक प्राप्त गर्नका लागि मोबाइल मनीमार्फत टिकट काट्नुका साथै सो अवधिभित्र कुनै एक बिल भुक्तानी पनि गर्नुपर्ने छ।
अर्को अफर ‘सपिङ गरौंला’मा भाटभटेनी सुपरमार्केटमा सामान खरिद गरी क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत वा बढीमा १ हजार रूपैयाँसम्मको क्यास ब्याक पाउन सकिनेछ। सो योजना असोज २७ गतेदेखि कात्तिक ३ गतेसम्म लागू रहनेछ।
यसैगरी ‘खाउँला पिउँला’ योजनामा असोज २८ गतेदेखि कात्तिक १२ गतेसम्म फुडमान्डु एपबाट अर्डरगरी लक्ष्मी सन्राज बैंकको डेबिट– क्रेडिट कार्ड वा मोबाइल मनिबाट अन्लाइन भुक्तानी गर्दा प्रतिदिन प्रति व्यक्ति २० प्रतिशत वा बढीमा २ सय रूपैयाँसम्म क्यास ब्याक पाउन सकिनेछ।
प्रतिक्रिया दिनुहोस्