काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट आफ्ना लगानीकर्ताहरुलाई ११.५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
बैंकले १०.५० प्रतिशत बोनस सेयर र ०.५५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) दिने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारणसभाबाट पास गरेपछि बैंकका लगानीकर्ताले सो मात्रामा लाभांश पाउनेछन् ।
हाल बैंकको चुक्ता पुँजी ४ अर्ब २८ करोड ३८ लाख ८३ हजार २ सय १३ रुपैयाँ १६ पैसा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्