कठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले असोज २० गते बिर्तामोड र इटहरी क्षेत्रको संयुक्त रुपमा अभिकर्ता अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
३ सय जनाभन्दा बढी अभिकर्ताको उपस्थिति भएको उक्त कार्यक्रममा कम्पनीले आव २०७९/८० मा विभिन्न विधामा उत्कृष्ट कार्य सम्पादन गरी सम्बन्धित क्षेत्रहरूमा उत्कृष्ट तिनमा पर्न सफल अभिकर्ताहरूलाई तालिम तथा सम्मान प्रधान गरेको हो ।
उच्च व्यवस्थापन समितिको तर्फबाट डेपुटी सिईओ निराजन कँडेलको सहभागितामा आयोजना गरिएको कार्यक्रममा चिफ बिजनेस अफिसरहरू गुनराज श्रेष्ठ र सूर्य गुप्ता तथा क्षेत्रीय प्रबन्धक जितेन्द्र क्षेत्रीलगायत शाखा प्रबन्धकहरुको उपस्थिति थियो ।
कम्पनीका डेपुटी सिईओ निराजन कँडेलले कम्पनीले अहिले सम्म गरेका प्रगतिको विवरण, भविष्यमा अंगाल्ने रणनीति र सुशासनको महत्वबारे प्रकाश पारेका थिए । साथै कम्पनीका चिफ बिजनेस अफिसरहरूले अभिकर्ताको सीप विकास र आत्मनिर्भरता वृद्धि गर्न आवश्यक विभिन्न शीर्षकमा अन्तरक्रिया र तालिम प्रधान गरेका थिए ।
अभिकर्ता पेसामा सफलता प्राप्त गर्नका लागि निरन्तर सिकाइ र सम्मानको आवश्यक पर्ने हुँदा कम्पनीले देशैभरि यस्तो खालको कार्यक्रमको आयोजना गरिरहेको छ भने उक्त कार्यक्रममा भाग लिएर अभिकर्ताले उच्च लाभ लिइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्