काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाइँलाई अज्ञात समूहले कालोमोसो दलिदिएको छ। सोमबार दिउँसो कान्तिपथस्थित होटेल एलो प्यागोडमा उनीमाथि कालोमोसो दलिएको हो।
सोमबार उक्त होटलमा प्रसाईंले पत्रकार सम्मेलनको आयोजना गरेका थिए । त्यहाँ जाने क्रममा उनीमाथि कालोमोसो दलिएको हो ।
समय समयमा विवादमा आइरहने उनीमाथि कसले मोसो दल्यो भन्ने विषयमा औपचारिक जानकारी आएको छैन ।
प्रसाईंले पछिल्लो समय मरवाडी समुदायविरुद्ध उग्र अभिव्यक्ति दिँदै आएका थिए । प्रसाईले बैंकहरुलाई सुतखोर भन्दै सार्वजनिक रुपमा ऋण नतिर्ने धम्की दिएका थिए । उनले कालो मोसो अभियान आफैले संचालन गरेका थिए । तर आज उनीमाथि नै कालोमोसो दलिएको छ ।
प्रतिक्रिया दिनुहोस्