काठमाडौं । नेपाल धितोपत्र बोर्डले सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई आईपीओ जारी गर्ने अनुमित दिएको छ । कम्पनीले २५ करोड १८ लाख २३ हजार रूपैयाँ बराबरको २५ लाख १८ हजार २ सय ३० कित्ता सेयर जारी गर्ने अनुमति पाएको हो ।
कम्पनीको आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल हो । कम्पनीको आईपीओ १०–१० कित्ताका दरले २ लाख ५१ हजार जनालाई मात्र पर्नेछ ।
कम्पनीको जारीपुँजी ८३ करोड ९४ लाख १० हजार रूपैयाँ छ जसमध्ये ३० प्रतिशत पब्लिकमा लगिएको हो ।
प्रतिक्रिया दिनुहोस्