काठमाडौं । इजरायल- प्यालेस्टाइन युद्धमा १० जना नेपालीको मृत्यु भएको छ । शनिबार प्यालेस्टाइन लडाकु समुहले इजरायलमा रकेट आक्रमणमा १० नेपालीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह र मधुवान–१, सुनसरीका राजेशकुमार स्वर्णकार, पाँचनली–डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, सारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामी छन् ।
केही नेपालीहरु घाइते रहेको र उनिहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । सारदा–२ सल्यानका विधान सेजुवाल, दगिशरण–३ दाङका प्रविण डाँगी घाइते भएका छन् ।
केही नेपालीहरु अझै पनि बन्करमै रहेको र उनिहरुलाई सुरक्षित स्थानमा सार्ने तयारी भैरहेको पनि दूतावासले जनाएको छ । उनीहरूको शवलाई नेपाल पठाउने तयारी भैरहेको पनि दूतावासले जनाएको छ ।
इजरायल-प्यालेस्टाइन युद्धमा ५ सय भन्दा बढीको मृत्यु भैसकेको छ ।
प्रतिक्रिया दिनुहोस्