जुम्ला । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुपथ मूल्य पसल सञ्चालन गरेको छ । दसैँलगायत चाडबाडलाई लक्षित गरी जुम्लाका स्थानीयलाई सहुलियतमा चामल बिक्री गर्न आजदेखि सुपथ पसल सञ्चालन भएको हो।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार जुम्लामा एक हजार दुई सय क्विन्टल चामल मौज्दात छ । यस वर्षको दसैँका लागि उक्त परिमाणको चामल पर्याप्त हुने बताइएको छ । हाल कम्पनीको गोदाममा दसैँका लागि एक हजार २ सय, जुम्ला कारागारका लागि २ सय ८० क्विन्टल छुट्याइएको छ ।
सम्बन्धित वडा कार्यालयको सिफारिसमा उक्त कार्यालयले चामल बिक्री गर्नेछ। जिल्लाको वार्षिक कोटा ५ हजार ५ सय क्विन्टल रहेको छ भने हालसम्म एक हजार ३ सय २० क्विन्टल चामल भण्डारण गरिएको छ । उक्त कार्यालयका अनुसार थप ४ हजार एक सय ८० क्विन्टल चामल प्राप्त हुन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्