Shikhar Insurance
National Life

असाेज २५ गतेदेखि भृकुटीमण्डपमा दसैं लक्षित स्टक क्लियरेन्स मेला, ५० प्रतिशतभन्दा बढी छुट

सिंहदरबार संवाददाता
२०८० आश्विन २१, आईतवार १८:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । दसैंको अवसर पारेर आउँदो बिहीबारदेखि भृकुटीण्डपमा छैटौं संस्करणको स्टक क्लियरेन्स मेला ‘ग्राण्ड सेल’ आयोजना हुने भएको छ । दसैंका लागि सस्तो मूल्यमा वस्तु तथा सेवा एकै छानामुनि उपलब्ध गराउने उद्देश्यका साथ इभेण्ट सोलुसन प्रालिले मेला आयोजना गर्न लागेको हो ।

बजारको तुलनामा दैनिक उपभोग्य सामानहरु सस्तोमा उपलब्ध हुने इभेन्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले जानकारी दिए । “एकै छानामुनि सुपथ मूल्यमा आमउपभोक्तालाई दशैंको किनमेल गराउने उद्देश्यले मेला आयोजना गरिएको हो,” प्रधानले भने ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल, भारत, चीन, बंगलादेश, पाकिस्तान, मलेसिया, जापान तथा अन्य युरोपेली मुलुकमा उत्पादित सामानहरुको बृहत् मेलामा सामान खरिद गर्ने ग्राहकले ५० प्रतिशतभन्दा बढी दसैैं विशेष छुट पाउने छन् । नेपाली उत्पादनमा विभिन्न किसिमका अफरहरु पनि सञ्चालन हुनेछ । वर्षेनि आयोजना हुँदै आएको एक्स्पोलाई यस पटक पनि निरन्तरता दिँदै ‘दशैंको बेला सस्तो मेला’ नारा दिइएको इभेण्ट सोलुसनका प्रबन्ध निर्देशक प्रधानले बताए ।

मेलामा दसैंका लागि आवश्यक सबै किसिमका सामग्रीहरु सस्तो मूल्यमा किनमेल गर्न सकिने प्रधानले बताए । “मेलामा कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स, मोटरसाइकलर होम अप्लाइन्सेजलगायतका स्टलमा उपभोक्ताका आवश्यक्ता अनुसारका सामानहरु राखिनेछ । बजारको तुलनामा सस्तोमा स्वदेशी तथा विदेशी ब्रान्डका सामान खरिद गर्न सकिन्छ,” प्रधानले भने ।

दशैंको किनमेलका लागि उपभोक्ता बजारमा धेरै भौंतारिनुपर्ने अवस्था नहोस् भन्नका लागि एउटै छानामूनी क्लियरेन्स मेला आयोजना गरिएको उनको भनाइ छ । असोज २५ गते सुरु हुने मेला २९ गतेसम्म चल्नेछ । बिहान १० देखि साँझ ६ बजेसम्म चल्ने मेलामा ५० हजार उपभोक्ता आउने अपेक्षा गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्