Shikhar Insurance
National Life

वर्ल्डलिंकका ग्राहकहरुका लागि खल्ती तथा सामसङको उत्कृष्ट चाडपर्व अफर

सिंहदरबार संवाददाता
२०८० आश्विन २१, आईतवार १७:२८
Hyundai
NCELL
NIMB

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकका ग्राहकले सामसङ ब्रान्डका विद्युतीय सामग्री खरिदमा आकर्षक तथा विशेष छुट पाउने भएका छन् । आउँदै गरेका चाडपर्व लक्षित गरी सामसङले वर्ल्डलिंकसँगको सहकार्यमा यस्तो अफर सार्वजनिक गरेको हो ।

अफर अन्तर्गत वर्ल्डलिंकका ग्राहकलाई सामसङ उत्पादनमा साढे १५ हजारसम्मको छुट प्रदान गरिनेछ । जसअनुसार सबैभन्दा धेरै अर्थात् १५ हजार ५ सय रुपैयाँको छुट आठ केजी क्षमताको सामसङ फ्रन्ट लोड इको बबल वासिङ मसिन खरिदमा पाउन सकिनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

८८ हजार रुपैयाँ बजार मूल्य रहेको उक्त वासिङ मसिन वर्ल्डलिंकका ग्राहकलाई भने ७५ हजार ५ सय रुपैयाँमै उपलब्ध हुनेछ । त्यस्तै ५५ इन्चको सामसङ फोरके यूएचडी टेलिभिजनमा १३ हजार ९१ रुपैयाँको छुटपश्चात ८३ हजार ५ सय रुपैयाँमै पाउन सकिनेछ, जसको बजार मूल्य ९६ हजार ५ सय ९१ रुपैयाँ रहेको छ ।

यसैगरी ६६ हजार ५०० रुपैयाँ पर्ने ४३ इन्चको सामसङ फोरके यूएचडी टेलिभिजनमा आठ हजार रुपैयाँ छुट पाउन सकिनेछ । यसबाहेक ३७ हजार ८ सय बजार मूल्य रहेको २३० लिटर क्षमताको सामसङ सिङ्गल डोर रेफ्रिजेरेटरमा छ हजार ३ सय रुपैयाँ छुटको व्यवस्था गरिएको छ।

मोबाइल तर्फ ३१ हजार ९ सय ९९ रुपैयाँको आठ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज भएको सामसङ ए२४ एलटीई स्मार्टफोन ३ हजार ९ सय ९९ रुपैयाँ छुटपश्चात् मात्र २८ हजार रुपैयाँमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

छुट लिन के गर्ने ?
यो छुट सुविधाका लागि वर्ल्डलिंकका काउन्टरमा गएर अथवा अनलाइनबाट तीन वा १२ महिनाको इन्टरनेट प्याकेज खरिद तथा रिन्यु गर्नुपर्नेछ । त्यसपछि वर्ल्डलिंकका काउन्टरबाट आफूले छुट प्राप्त गर्न चाहेको सामसङ उत्पादनको भौचर प्राप्त गर्न सकिनेछ ।

उक्त भौचर सामसङका कुनै पनि आधिकारिक स्टोरमा गएर देखाउँदा अफर अन्तर्गतको छुट सुविधा मिल्ने जनाइएको छ । यसअघि २६ सेप्टेम्बरमा खल्तीले वर्ल्डलिंकका ग्राहकहरूका लागि दुबई घुम्ने अफर ल्याएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्