Skip to content
Shikhar Insurance
National Life

एनआईसी एसिया क्यापिटलले विश्व लगानीकर्ता सप्ताह-२०२३ को अवसरमा जानकारीमूलक सामग्री प्रसारण

Hyundai
NCELL
NIMB

काठमाडाैं । एनआइसी एसिया क्यापिटल लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै संस्थागत सामजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । सोही कार्यलाई निरन्तरता दिने क्रममा विश्व लगानीकर्ता सप्ताह–२०२३ को अवसरमा क्यापिटलले लगानीकर्ता तथा आम सर्वसाधारणलाई साक्षर र सुसूचित गराउने मुख्य उद्देश्यका साथ विभिन्न जानकारीमूलक सामग्री अर्थात् भिडियो सन्देश सार्वजनिक गरेको छ ।

उक्त जानकारीमूलक भिडियोमा वैदेशिक रोजागारीमा रहेका नेपालीहरुलाई छुट्याइएको सेयर खरिद आवेदन दिँदा ध्यान दिनुपर्ने कुराहरु, सर्वसाधारणमा निष्कासन गरेको सेयर बाँडफाँड प्रकृया, धितोपत्रको दोस्रो बजार, मुद्रा बजार उपकरणहरु, सामूहिक लगानी कोष, दोस्रो बजारमा सूचीकृत कम्पनीहरुमा लगानी गर्दा कहिले कसरी लगानी गर्न सकिन्छ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, लगानीसम्बन्धी निर्णय लिँदा विशेष ध्यान दिनुपर्ने कुराहरुलगायत सूचीकृत कम्पनीहरुमा लगानीसम्बन्धी निर्णय गर्दा स्कोरबोर्डको प्रयोगको सम्बन्धमा आवश्यक जानकारी समावेश गरी क्यापिटलका अधिकारीहरुले तयार पारी प्रसारण गरेको छ ।
उक्त भिडियोहरु क्यापिटलको वेभसाई www.nicasiacapital.com, Facebook Page, YouTube Channel मार्फत हेर्न सकिन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE