Skip to content
Shikhar Insurance
National Life

घलेम्दी हाइड्रोपावरले २०० प्रतिशत हकप्रद जारी गर्न पायो बोर्डबाट अनुमति

Hyundai
NCELL
NIMB

काठमाडौं । घलेम्दी हाइड्रोपावर कम्पनीलाई हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) ले अनुमती दिएको छ । बोर्डले कम्पनीलाई चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो ।

बोर्डले कम्पनीलाई १ बराबर २ सेयरको अनुपातमा हकप्रद जारी गर्न स्वीकृति प्रदान गरेको छ। धितोपत्र बोर्डले कम्पनीलाई असोज १८ गते हकप्रद सेयर निष्काशन गर्नका लागि स्वीकृती दिएको हो ।

कम्पनीले यसअघि नै विद्युत नियमन आयोगबाट हकप्रद जारी गर्ने अनुमति पाइसकेको थियो।

कम्पनीले सांग्रिला उर्जा प्रालिद्वारा प्रवर्द्धित संखुवासभामा रहेको छुजुङ्ग खोला जलविद्युत आयेजनामा कम्तिमा ५१ प्रतिशत सेयर कायम हुनेगरी लगानी गर्न १ बराबर २ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो।

पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले सो प्रयोजनार्थ हकप्रद निष्काशन गर्न विद्युत नियमन आयोगमा आवेदन दिने र निर्णय गरेको थियो। आयोगबाट अनुमति पाएपछि कम्पनीले धितोपत्र बोर्डसँग अनुमति मागेको थियो।

घलेम्दी हाइड्रोको ९औं वार्षिक साधारण सभाले १ः२ अनुपात अर्थात २०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्