Shikhar Insurance
National Life

प्रभु क्यापिटलले ल्यायो ‘प्रभु बिग सट’ एकाघरका सदस्यलाई आजीवन निःशुल्क डिम्याट खाता

सिंहदरबार संवाददाता
२०८० आश्विन २१, आईतवार ११:५४
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले पन्ध्रौं साधारणसभाको अवसर पारेर ‘प्रभु बिग सट’ नामक लगानी व्यवस्थापन सेवा सार्वजनिक गरेको छ । हालको लगानी व्यवस्थापन सेवा साधारण जनतालाई मात्र केन्द्रित भएको जनाउँदै साे लगानी व्यवस्थापन सेवा भन उच्च नेटवर्थ भएका व्यक्ति तथा संस्थाहरूलाई केन्द्रित भएको क्यापिटलले जनाएको छ ।

उच्च पदस्थ व्यक्तिहरुको समय व्यस्तता हुने र लगानीमा उचित समय दिन नसकिने समस्यालाई मध्ये–नजरमा राखी सो योजना क्यापिटलले सुरुवात गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यो योजनाको विशेषता निम्नअनुसार रहेको छः
–न्यूनतम लगानीः ५० लाख
–न्यूनतम लगानी अवधिः ३ वर्ष
–ह्र्डल रेटः ८ प्रतिशत
–वार्षिक व्यवस्थापन शुल्क (एएमसी)ः १ प्रतिशत
–मुनाफामा लाग्ने शुल्कः १५ प्रतिशत

लगानीकर्ताले ५० लाख रूपैयाँबाट यो लगानी व्यवस्थापन सुरु गर्न सक्नेछन् । ५० लाख रूपैयाँ लगानीकर्ताले क्यास, आफ्नो सेयर पोर्टफोलियो, अथवा क्यास र सेयर पोर्टफोलियो मिक्स गरी लगानी व्यवस्थापन सुरु गर्न सक्नेछन् । प्रभु बिग सट लगानी व्यवस्थापन सेवामा आबद्ध भई ग्राहकहरूले विशेष प्रिमियम प्याकेजको लाभ समेत लिन सकिने क्यापिटलले जनाएको छ ।

विशेष प्रिमियम प्याकेजअन्तर्गत ग्राहकको एकाघर घर परिवारका सदस्यहरूलाई आजीवन निःशुल्क डिम्याट खाता, क्यापिटलको अन्य लगानी व्यवस्थापन योजनाहरूमा वार्षिक शुल्क तथा मुनाफामा लाग्ने शुल्कमा ५० प्रतिशत छुट र निःशुल्क लगानीसम्बन्धी परामर्श तथा उत्कृष्ट कम्पनीहरूको संस्थापक सेयरमा लगानीको प्रस्ताव तथा अवसर प्रदान गरिनेछ ।

साथै, यो सेवा बजारको समय सापेक्ष ल्याइएको तथा नेपालीहरूको महान् चाड दसैं, तिहार तथा छठको अवधि भित्र यस योजनासँग जोडिने लगानीकर्ताहरूलाई योजनामा लाग्ने शुल्कमा थप छुटको व्यवस्था समेत गरिएको छ । क्यापिटलले ग्राहकको सेवालाई प्राथमिकतामा राखी अभिनव प्रकारका योजनाहरू सञ्चालन गरी रहेको छ ।

क्यापिटलका अनुसार लगानी व्यवस्थापन सेवा योजनामा संलग्न भएका सेवाग्राहीले दैनिक रूपमा अनलाइनबाटै आफ्नो पोर्टफोलियो हेर्न सक्ने तथा साप्ताहिक पोर्टफोलियोको विवरण इमेलमार्फत पाउने व्यवस्था प्रदान गरिरहेको छ । ग्राहकले प्रभु क्यापिटलको डिजिटल एप मार्फत पनि आफ्नो पोर्टफोलियो दैनिक हेर्न सक्ने सुविधा शुरु गरिसकेको क्यापिटलले जनाएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्