Shikhar Insurance
National Life

नेप्से बुल व्हिस्की विवादमा, ६० लाख लगानीकर्ताको सेन्टिमेन्टकाे दुरुपयोग, नेप्सेको आपत्ति

सिंहदरबार संवाददाता
२०८० आश्विन २०, शनिबार १६:३५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेप्से बुल व्हिस्की विवादमा तानिएको छ । नेपालको एक मात्र धितोपत्र कारोबार संचालक कम्पनी नेपाल स्टक एक्सचेञ्जलाई छोटकरीमा नेप्से भन्ने गरिएको छ । त्यही नेप्से नाम राखेर सेयर बजारका चर्चित लगानी कर्ता सन्दीप जलानको कम्पनीले नेप्से बुल नामको व्हिस्की सार्वजनिक गरेको छ ।

६० लाख लगानी कर्ताको सेन्टिमेन्टलाई दुरुपयोग गर्दै नेप्से बुल व्हिस्की ल्याएपछि नेप्सेका सिईओ कृष्ण बहादुर कार्कीले आपत्ति जनाए । ‘सम्वेदनशिल र लाखौं लगानीकर्ताको भावना जाेडिएको नेप्सेको नाममा रक्सीको ब्राण्ड सार्वजनिक भयो भन्ने सुन्दा अचम्म लागेको छ, त्यो रक्सिको नामबाट नेप्से शब्द हटाइनु पर्छ’, नेप्सेका सिईओ कार्कीले सिंहदरबारसंग भने ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले नेप्से बुल व्हिस्कीबाट तत्काल नेप्से शब्द हटाउन सम्बन्धित कम्पनीलाई आग्रह गरे, अन्यथा नेप्सेले कानुनी बाटो अपनाउने चेतावनी पनि उनले दिए ।

‘नेपाल स्टक एक्सचेञ्ज नै नेप्से हो, यो सार्वजनिक सम्पती र नागरिक मनोबैज्ञान हो, यसको नाममा रक्सी ल्याउन दिने कुरा कल्पनै गर्न सकिन्न, त्यो नाम सच्चियोस’, नेप्सेका सिईओ कार्कीले भने ।
अब नेप्से नाम राखिएका सबै कम्पनीलाई त्यस्तो नाम हटाउने लगाउने पनि उनले बताए ।
सेयर बजारका चर्चित लगानी कर्ता सन्दीप जलानको समेत लगानी रहेको सागर डिस्टिलरीले नेप्से बुल व्हिस्की ल्याएको हो । व्हिस्की असोज १९ गते शुक्रबार सार्वजनिक गरिएको थियो । सेयर बजारका लगानी कर्ता ब्रोकरहरुको उपस्तिथिमा नेप्से बुल सार्वजनिक गरिएको हो ।
सेयर बजारका लगानी कर्ताहरुको रोजाईको व्हिस्कीका रूपमा नेप्से बुलको प्रचार गरिएको छ ।

सागर डिष्टिलरी लिमिटेडले अहिले आइपिओ जारी गर्ने तयारी गरिरहेको छ । कम्पनीले जारी पूँजीको १५ प्रतिशतले हुने ७,५०,००० लाख कित्ता आइपिओ जारी गर्न मुक्तिनाथ क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरिसकेको छ ।

वि.सं. २०६९ सालमा स्थापना भएको सागर डिष्टिलरी लिमिटेडले भाेड्का, रोयल ब्लु जस्ता व्हिस्की उत्पादन गरिरहेको छ । कम्पनीको उद्योग भने नवलपुरको देवचुलीमा रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्