काठमाडौं । नेको इन्सुरेन्सले हकप्रद सेयर जारी गर्ने प्रस्ताव विशेष साधारण सभाले पारित गरेको छ । शुक्रबार (असोज १९ गते) लिसारा रिसेप्सन, नक्साल काठमाडौंमा बिहान ११ बजे बसेको सभाले उक्त प्रस्ताव पारित गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीमा २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव अघि सारेको थियो । उक्त प्रस्ताव आज साधारणसभाबाट पारित भएको हो ।
कम्पनीलाई हकप्रद सेयरका लागि नियामक बिमा प्राधिकरणले अनुमति दिइसकेको छ । इन्सुरेन्सले अब हकप्रद निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिनेछ । बोर्डले अनुमति दिएपछि मात्र हकप्रद सेयर जारी हुन्छ ।
प्रतिक्रिया दिनुहोस्