Skip to content
Shikhar Insurance
National Life

लक्ष्मी क्यापिटल र सनराइज क्यापिटलबीच एक आपसमा गाभ्ने/गाभिने

Hyundai
NCELL
NIMB

काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सनराइज क्यापिटल लिमिटेडबीच असोज १८ गते बिहीबार एक आपसमा गाभ्नेरगाभिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । साे समझदारीपत्रमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको तर्फबाट अध्यक्ष सुमेद भट्टराई र सनराइज क्यापिटल लिमिटेडको तर्फबाट अध्यक्ष अपछ कुमार यादवले हस्ताक्षर गरेका हुन् ।

धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६४ को दफा २९ (क) बमोजिम एकै प्रकृतिका कम्पनीहरु आवश्यक नभएको कुरालाई मध्यनजर गर्दै एक मात्र सहायक कम्पनी कायम गरी मर्चेन्ट बैकिङ्ग व्यवसाय सञ्चालन गर्न लागेका हुन् ।

लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको मुख्य संस्था लक्ष्मी बैंक लिमिटेड यही असार २८ गतेबाट सनराइज बैंक लिमिटेडसँग गाभिएर लक्ष्मी सनराइज बैंक लिमिटेड भई एकीकृत कारोबार प्रारम्भ भैसकेको छ । लक्ष्मी क्यापिटल र सनराइज क्यापिटलबीच आपसमा गाभ्ने/गाभिने हुन लागेको हो ।

लक्ष्मी सनराइज बैंकको दुई सहायक कम्पनीहरु लक्ष्मी क्यापिटल र सनराइज क्यापिटलबाट मर्चेन्ट बैंकिङलगायत अन्य सेवाहरु छुट्टाछुट्टै रूपमा प्रवाह गरिरहेको अवस्थामा एकै संस्थाबाट सेवा प्रवाह गर्न लागिएको हो ।

मर्जरपश्चात् कम्पनीको चुक्ता पुँजी ४८ करोड रुपैयाँ पुग्नेछ साथै अझ सबल रुपमा व्यासाय विस्तार गर्न सहयोग पुग्ने विश्वाससमेत गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्