काठमाडौं । अब राष्ट्रिय स्तरका विकास बैंकहरुले जति पनि निक्षेप संकलन गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशिका संसोधन गर्दै राष्ट्रिय स्तरका विकास बैंकहरुमाथि कायम निक्षेप संकलनको सिमा हटाएको हो । हालसम्म विकास बैंकहरुले प्राथमिक पुँजीको २० गुणासम्म मात्रै निक्षेप संकलन गर्न पाउँथे । अब भने राष्ट्रियस्तरका विकास बैंकहरुले पनि बाणिज्य बैंकहरुको जस्तै असिमित निक्षेप संकलन गन पाउनेछन् ।
नयाँ व्यवस्थाले राष्ट्रिय स्तरका विकास बैंकहरुको व्यवसाय वृद्धि गर्न सहज बनाउनेछ ।
प्रतिक्रिया दिनुहोस्