Shikhar Insurance
National Life

गभर्नर अधिकारीले पन्छाए अपजसको भारीः सेयर, घरजग्गा र अटोलोनमा लचक

सिंहदरबार संवाददाता
२०८० आश्विन १८, बिहीबार २२:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले गभर्नर महाप्रसाद अधिकारीले अपजसको भारी बिसाएका छन् । अर्थतन्त्रलाई शिथिल बनाएको भन्ने अपजसको भारी जबरजस्ति बोकाईएका गभर्नर अधिकारीले एकिकृत निर्देशिका संसोधन मार्फत सेयर धितो कर्जा, घर जग्गा कर्जा र सवारी साधन कर्जामा लचक नीति अघि सार्दै त्यस्तो अपजसको भारी बिसाएका हुन् ।

गभर्नरमाथि सबै भन्दा धेरै गालीको बिषय बनेको सेयर धितो कर्जाको सिमा पुनरावलोकन भएको छ । सेयर धितो कर्जाको सिमा व्यक्तिका हकमा अब १२ करोडको सिमालाई १५ करोड पुर्याईएको छ । त्यस्तै, अब संस्थाहरुका हकमा सेयर धितो कर्जाको सिमा २० करोड पुगेको छ । उता, घर जग्गा धितो कर्जाको सिमा पनि बढेको छ । अब देशभर घरजग्गा धितो राखेर मूल्यांकनको ५० प्रतिशतसम्म ऋण लिन पाइन्छ । यस अघिसम्म घर जग्गा धितोमा काठमाडौं उपत्यका भित्र ४० प्रतिशत र उपत्यका बाहिर मात्रै ५० प्रतिशत ऋण पाइन्थ्यो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

गभर्नर अधिकारीले २५ लाख रुपैयाँ भन्दा ठूलो व्यक्तिगत सवारी साधन कर्जाको जोखिम भारित औषतलाई पनि घटाएका छन् । यस अघि २५ लाख रुपैयाँ भन्दा ठूलो सवारी साधन कर्जाको जोखिम भार १५० प्रतिशत थियो । अब भने त्यस्तो जोखिम भार १२५ प्रतिशतमा झरेको छ ।

प्रधानमन्त्री, अर्थमन्त्रीदेखि निजी क्षेत्रले नै गभर्नर अधिकारीको कसिलो नीतिका कारण अर्थतन्त्रमा शिथिलता आएको आरोप लगाउँदै आएका थिए । स्वयं प्रधानमन्त्री र अर्थमन्त्रीले नै अर्थतन्त्र सुधारका लागि गभर्नर बाधक बनेको आरोप सार्वजनकि मञ्चहरुबाटै लगाउँदै आएका थिए ।

चौतर्फी घेराबन्दी गरेर आफुलाई भिलेनका रुपमा चित्रित गर्न थालिएपछि गभर्नर अधिकारीले लचकता देखाएका छन् । अब पनि अर्थतन्त्रमा गतिशिलता नदेखिएमा स्वयं सरकारमाथि औँला सोझिनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्