काठमाडौं । नेपाल राष्ट्र बैंकले घर जग्गा धितोको ऋण सिमा वृद्धि गरेको छ । एकीकृत निर्देशिका सन्सोधन गर्दै राष्ट्र बैंकले घर जग्गा धितोमा ५०% सम्म कर्जा दिन सकिने ब्यवस्था गरेको हो ।
हालसम्म बैंकहरुले घर जग्गा धितोमा उपत्यका भित्र ४०% र उपत्यका बाहिर मात्रै ५०% कर्जा दिन पाउथे ।
अब भने बैंकहरुले देशै भर घर जग्गा धितोमा ५०% सम्म ऋण दिन सक्नेछन् ।
त्यस्तै अब कम्पनी तथा परियोजना धितोमा ६०% सम्म ऋण दिन सक्नेछन् । हालसम्म कम्पनीहरुले मात्रै ६०% ऋण दिने ब्यवस्था थियो ।
प्रतिक्रिया दिनुहोस्