काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात बुुधबार ९.२४ अंक बढेर बन्द भएको नेप्से आज घटेर बन्द भएको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११.०४ अंक घटेर १०५६.९२ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.५३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५१ अंक घटेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन १ अर्ब १८ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस दिन २८० कम्पनीको ५० हजार ६९ पटकको कारोबारमा १ अर्ब १० करोड ६५ लाख रुपैयाँ बराबरको ३५ लाख ६२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
नेप्सेका अनुसार बिहीबार बाराही हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ९.३० प्रतिशत बढेको छ। त्यसैगरी, इष्टर्न हाइड्रोपावरको ८.२६ प्रतिशत, हिमालयन लघुवित्तको ७.९१ प्रतिशत र प्रोगेसीभ फाइनान्सको ५.१९ प्रतिशत सेयर मूल्य बत्रढेको छ । कारोबारमा आएको इन्फिनिटी लघुवित्तको सेयर मूल्य सर्वाधिक ९.९४ प्रतिशत घटेको छ। त्यस्तै, मध्यभोटेकोशी जलविद्युत कम्पनीको सेयर मूल्य साढे ६ प्रतिशत घटेको छ।
यस दिन कारोबार रकमका आधारमा सिटिजन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। इन्स्योरेन्सको ४ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, नबिल बैंकको ३ करोड १८ लाख, सोल्टी होटलको ३ करोड ९ लाख, सन नेपाल लाइफको ३ करोड ३ लाख र हिमालयन लघुवित्तको ३ करोड २ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूहको परिसूचक बढेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.२४ प्रतिशत बढेको छ। बिहीबार होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.१७ प्रतिशत घटेको छ। अन्य उपसमूहहरुको गिरावट दर भने १ प्रतिशतभन्दा कम रहेको छ।
प्रतिक्रिया दिनुहोस्