काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ६० लाख नेपाली नागरिकको लगानी रहेको पुँजी बजारको प्रवर्द्धन आवश्यक रहेको बताएका छन् ।
महासंघ र नेपाल धितोपत्र बोर्डबीच लगानीकर्ता सचेतना सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा उनले अब सेयर बजारको प्रवर्द्धन गरिनुपर्ने बताएका हुन् ।
नेपालका ६० लाख नागरिक जोडिएको पुँजी बजारको प्रवर्द्धन नगरी नहुने समेत उनले बताए । अहिले बजारमा ५ खर्ब पैसा रहेको तर ऋण लिएर लगानी गर्ने हिम्मत कसैले नगरेको पनि उनले बताए ।
उनले बैंकबाट ऋण लिएर सेयर बजार र घर जग्गामा लगानी गर्नेहरुकै कारण अर्थतन्त्रमा संकट आएको भन्ने गलत भाष्य निर्माण गर्न खोजिएको भन्दै चिन्ता पनि व्यक्त गरे ।
सरकार, राष्ट्र बैंक, बैंकहरु र ऋण लिने ब्यवसायीहरुको केही न केही भूमिकाकाले अहिलेको संकट आइपरेको दावी गरे । नेपालको अर्थतन्त्रको संकटमा रुस-युक्रेन युद्धको पनि भुमिका रहेको ढकालको भनाइ छ ।
उनले एक तिहाई नागरिक सम्लग्न रहेको पुँजी बजारका लगानीकर्ताको मनोबल गिराउन होईन, उकास्न सबैले भुमिका खेल्नुपर्नेमा जोडी दिए । नियामकहरुले आफ्नो मात्रै नभएर अन्य पक्षका समस्याहरुको पनि ख्याल गर्नुपर्नेम जोड दिए ।
प्रतिक्रिया दिनुहोस्