Skip to content
Shikhar Insurance
National Life

हुन्डाईले ‘हुन्डाई फेस्टिभ कार्निवल’ आयोजना गर्ने

Hyundai
NCELL
NIMB

काठमाडौँ । आउँदै गरेको नेपालीहरुको महान चाड बडा दशैं, दिपावली र छठ २०८० को उपलक्ष्यमा हुन्डाई नेपालले चाडपर्व लक्षित गरी ल्याएको हुन्डाई फेस्टिभ डिलाइट अन्तर्गत ‘हुन्डाई फेस्टिभ कार्निवल’ यही आउँदो शुक्रबार असोज १९ गते देखि २१ गते सम्म देशभरका आफ्ना सबै शोरुमबाट सञ्चालन गरी शुभ–कामना आदानप्रदान गर्दै विभिन्न कार्यक्रमहरु आयोजना गर्ने भएको छ ।

कार्निवलमा हुण्डाईको सबै शोरुमहरुमा फरक–फरक कार्यक्रमहरु आयोजना गरिने कम्पनीले जनाएको छ । लाइभ फुड स्टल, लाइभ सांगितिक प्रस्तुति, किड्स प्ले जोन, गाडीसम्बन्धि आवश्यक विभिन्न टिप्स र टिकट, निःशुल्क गाडीको परीक्षण तथा चेकजाँच, मूल्यांकन तथा एक्सचेन्ज सुविधा, ईभि गाडी सम्बन्धि विशेष जानकारी तथा अन्तरक्रिया कार्यक्रम, ईभि हाई भोल्टेज ब्याट्री चेकअप ,मोटोर र्याली जस्ता अरु विभिन्न कार्यक्रम संचालन हुने छन् ।

कार्नीवलमा आयोजना गरिएका प्रतियोगितामा सहभागीभै विजेता हुनेले विश्व प्रसिद्ध ब्रान्डका वाशिङ मसिन, माइक्रोवेव ओवन, मिक्सर ग्राइन्डरहरु पाउन सक्नेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्