काठमाडौं । माछापुच्छ्रे बैंक २३ औं वर्षपार गरी २४ औं वर्षमा प्रवेश गरेको छ । २३ वर्षअघि पोखरामा क्षेत्रीय स्तरको बैंकको रुपमा स्थापना भएको माछापुच्छ्रे बैंक ग्राहकको अटुट विश्वास तथा अगाध माया, नियमकारी निकायको मार्गदर्शन, सेयरधनी सदस्यको भरोसा, कर्मचारीको अतुलनीय योगदानको फलस्वरुप आजको दिनमा आइपुग्दा व्यवसायिक बैंकहरूमा अब्बल स्मार्ट बैंकको रूपमा स्थापित हुन सफल भएको छ ।
२३ वर्ष पूरा गरी २४ औं वर्षमा प्रवेश गरेको अवसरमा बैँकले एक विशेष कार्यक्रम गरी २० वर्षभन्दा बढी निरन्तर यस बैंकमा सेवा गरिरहेका कर्मचारीहरूलाई सम्मान प्रदान गरेको छ । उक्त कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंकका अध्यक्ष डा. उपेन्द्र महतोले २३ वर्षसम्म बैंकको निरन्तर उन्नति एवं उत्तरोत्तर प्रगति तथा समृद्धिका लागि अभिभावकका रूपमा निरन्तर मार्गदर्शन तथा साथ दिनु हुने सम्पूर्ण ग्राहक, नियमनकारी निकाय, सेयरधनी सदस्य, सम्पूर्ण कर्मचारी एंव शुभचिन्तकहरू प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै आगामी दिनहरूमा पनि अझ गुणस्तरीय बैंकिङ सेवा दिँदै थप उत्कृष्ट सुविधाहरू प्रदान गर्दै बैंकको संस्थागत सुशासनको महत्व मनन गरि संस्थागत सुशासन कायम राख्ने प्रतिबद्धता व्यक्त गरे ।
त्यसैगरी सञ्चालक समितिका सदस्य जयमुकुन्द खनालले यस बैंकलाई यो स्थानमा ल्याउन सहयोग गर्नुहुने सम्पूर्ण ग्राहक, नियमनकारी निकाय, सेयरधनी सदस्य, सम्पूर्ण कर्मचारी एंव शुभचिन्तकहरूलाई बधाई तथा अटुट विश्वासका लागि धन्यवाद प्रकट गरे ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृतसन्तोष कोइरालाले स्मार्ट बैंक भन्ने मूल नाराका साथ डिजिटल इकोनोमिमा प्रभावकारी भूमिका खेल्दै आइरहेको माछापुच्छ्रे बैंकले आजको दिनसम्म आई पुग्दा आफूलाई स्मार्ट बैंकका रूपमा स्थापित गर्न सफल भएको र स्मार्ट तरिकाबाट ग्राहकहरूको चाहना तथा आवश्यकताबमोजिम नवीनतम, विश्वस्तरीय, भरपर्दो तथा गुणस्तरीय सेवा प्रदान गर्दै क्रमशः आफ्ना सेवाहरूलाई अझ सरल, सहज र विश्वसनिय ढङ्गले जिम्मेवारी बोध गर्दै समस्त राष्ट्रको आर्थिक विकासमा टेवा पुर्याउन निरन्तर लागि पर्ने प्रतिबद्धता व्यक्त गरे ।
साथै माछापुच्छ्रे बैंकले आफ्नो २३ औं वार्षिकोत्सवको अवसरमा विभिन्न क्यासब्याक तथा अफरहरू ल्याएको छ । जसको उपयोग बैंकले प्रदान गर्दै आएको डिजिटल सेवा सुविधाहरू डेबिट तथा क्रेडिट कार्डबाट लिन सकिनेछ ।
उक्त अफरअन्तर्गत २ जना भाग्यशाली फनपे मर्चेन्टले सामसुङ ट्याब्लेट, १ जना भाग्यशालीले ५ सय रुपैयाँको क्यासब्याक प्रत्येक दिन पाउन सक्नेछन् साथै बैंकको १ जना ग्राहकले एमबिएल एम स्मार्टबाट फन पे बिलमाफर्त बिल भुक्तानी गर्दा निःशुल्क इन्टरनेट प्याकेज पाउन सक्नेछन् । यी अफरहरू असोज १५ देखि असोज ३० गतेसम्मका लागि लागू गरेको कम्पनीले जनाएको छ ।
साथै बैंकका ग्राहकले दराजमार्फत डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा २३ प्रतिशतसम्मको क्यासब्याक ५२३ र ७२३ रुपैयाँ, नेपनली पे क्युआरमार्फत भुक्तानी गर्दा २३ प्रतिशतसम्मको क्यासब्याक २२३ रुपैयाँ अफर छन् ।
साथ बैंकले देशका ७ वटै प्रदेशमा १ सय ६५ वटा शाखा, १२ वटा एक्सटेन्सन काउन्टर, १ सय ३० शाखारहित बैंकिङ सेवा, २०२ वटा एटिएम मार्फत १५ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्