Skip to content
Shikhar Insurance
National Life

सेयर बजारमा सामान्य सुधार, सिटिजन लाइफ इन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको चौथो कारोबारको दिन सेयर बजार सामान्य अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबारको दिन १७.५६ अंक घटेर बन्द भएको नेप्से, बुधबार भने सामान्य अंक बढेको हो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९.२४ अंक बढेर १९६७.९७ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.५१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.४६ अंक र सेन्सेटिभ इण्डेक्स ०.०५ अंक बढेको छ।

दिनभरीमा २८४ कम्पनीको ५८ हजार ७४१ पटकको कारोबारमा १ अर्ब १८ करोड ९९ लाख ३१ हजार रुपैयाँ बराबरको ४३ लाख २३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। कारोबारमा आएको १७४ कम्पनीको सेयर मूल्य बढेको छ । ५२ कम्पनीको सेयर मूल्य घटेको छ भने, ६ कम्पनीको सेयर मूल्य स्थिर छ ।

सामान्य बढेको सेयर बजारमा मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कम्पनीको सेयर मूल्य २७ रुपैयाँ ६० पैसा बढेर ३०३ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ।

त्यसैगरी, बुद्धभुमि नेपाल हाइड्रोपावरको ९.९८ प्रतिशत र इन्फिनिटी लघुवित्तको सेयर मूल्य ९.८५ प्रतिशत बढेको छ। अन्य कम्पनकिो सेयर मूल्य भने ८ प्रतिशत भन्दा कमले बढेको छ । कारोबारमा आएको समता लघुवित्तको सेयर मूल्य सर्वाधिक ६.६१ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा सिटिजन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। इन्स्योरेन्सको ६ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यसैगरी, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ३० लाख, शिवम् सिमेन्टको ३ करोड ४१ लाख, एनआइसी एशिया बैंकको ३ करोड १३ लाख र सन नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड १ लाखभन्दा बढीको सेयर खरिदबिक्री भई शीर्ष पाँच भित्र रहेको छ ।

यसदिन बैंकिङ्ग उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको हो। होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.५२ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन वित्त र जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ०.०७ अंक घटेको छ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्