काठमाडाैं । सानिमा बैंक र फोनपे प्रालिको सहकार्यमा, सानिमा सजिलो इबैंकिङ सेवा प्रयोगकर्ताका लागि विशेष क्यासब्याक योजना ल्याएको छ । यो योजना कात्तिक मसान्तसम्म लागू हुने कम्पनीले जनाएको छ ।
यसअन्तर्गत, पहिलोपटक सानिमा सजिलो इ-बैंकिङ सेवा प्रयोग गर्ने ग्राहकहरुलाई एयरलाइन्सको टिकट खरिदमा ५ प्रतिशत वा अधिकतम २ सय रुपैयाँ, बिजुलीको बिल तिर्दा २ प्रतिशत वा अधिकतम २५ र इन्टरनेटको बिल तिर्दा २ प्रतिशत वा अधिकतम ५० रुपैयाँसम्मको क्यासब्याकको व्यवस्था गरेको छ ।
मोबाइल बैंकिङ प्रयोग नगरेका ग्राहकलाई प्रोत्साहन गर्न बैंकले यो योजना ल्याएको हो । योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई “पहिलोलाई प्राथमिकता” को आधारमा क्यासब्याक प्रदान गरिने छ ।
बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइट https://www.sanimabank.com/digital-banking/products/cards/discount-outlet मा उपलब्ध छ ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १ सय ३२ वटा कार्यालय तथा १ सय २३ वटा एटिएम सञ्चालनमा छन् ।
प्रतिक्रिया दिनुहोस्