काठमाडौं । एफपीओ र मर्जरको कर सम्बन्धी मुद्धाको आज सुनुवाई हुँदैछ । १६ वटा बाणिज्य बैंकहरुले सरकारका विरुद्ध सर्वाेच्च अदालतको संबैधानिक इजलासमा उत्प्रेषणको आदेश माग्दै रिट दर्ता गरेका थिए ।
असोज १० गतेका लागि पहिलो पेशी तोकिएको मुद्धा सो दिन हेर्न नभ्याइनेमा परेको थियो ।
आज भने सुनुवाई हुने सम्भावित सूचि भित्रै परेको छ । बाणिज्य बैंकहरुले भदौ २९ गते सर्वाेच्च अदालतमा भुतप्रभावी कर असुल्ने सरकारको निर्णय विरुद्ध रिट दर्ता गरेका थिए । संवैधानिक इजलासमा प्रधानन्यायाधिश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, प्रकाश कुमार ढुंगाना र सुष्मालता माथेमाको बेञ्जले यो मुद्धाको सुनुवाई गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्