काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा अर्थविद् डा. स्वर्णिम वाग्लेले गभर्नर र अर्थमन्त्रीको व्यक्तित्वको टकरावले मारमा नेपालको अर्थतन्त्र परेको बताएका छन् । प्रतिनिधिसाभाको अर्थ समितिमा बाेल्दै वाग्लेले उक्त कुरा बताएका हुन् ।
वाग्लेले बाेल्ने क्रममा गभर्नर-अर्थमन्त्री टकराव तिर संकेत गर्दै भने, ‘वित्तीय र मौद्रिक नीतिको बीचमा समन्वय नभएको गुनासो लामो समयदेखि रहेको छ, व्यक्तित्वको टकरावले सम्पूर्ण राज्यको आर्थिक नीतिनै बन्धक बन्न हुँदैन ।’ सोही क्रममा वाग्लेले परम्परागत ढंगको डाटाले अर्थतन्त्रमा सुधार देखाएको तर समाजमा त्यो सहजता नदेखिएकाले त्यसमा पनि सुधार गर्न आवश्यक रहेको बताएका छन् ।
उनले आशाको उदाहरण जलविद्युत भने पनि जीडीपीको १ प्रतिशत मात्रै योगदान रहेको क्षेत्रमा जति प्रगति भए पनि त्यसको तात्विक अन्तर नदेखिने भएकाले अर्थतन्त्र उद्येलित गर्न होलसेल रिटेल जसले १६ प्रतिशत ओगट्ने क्षेत्रमा केही गर्न आवश्यक रहेको बताए ।
वाग्लेले भने, ‘उद्योगहरु बन्द हुने, सटरहरु बन्द हुने र गोल्डस्टार जस्तो ब्राण्डले उद्योग चल्न नसक्ने भयो भन्ने तर तपाईंहरुको डाटाले चै सकारात्मकता देखाउने, अब डाटानै म्याक्रो हैन माइक्रो रूपमा केलाउन आवस्यक छ ।’
उक्त बैठकमा अर्थमन्त्री आउने कार्यसूची रहे पनि अर्थमन्त्री भने उपस्थित भएनन् । सो बैठममा अर्थसचिव कृष्णहरि पुष्कर राजस्व सचिव रामप्रसाद घिमिरे अर्थ मन्त्रालयका सहसचिवहरु, अर्थसमितिका सदस्य सांसदहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्