Shikhar Insurance
National Life

डिसहोमको “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” मा रविन तामाङले जिते १ लाख रुपैयाँ

सिंहदरबार संवाददाता
२०८० आश्विन १६, मंगलवार १६:३३
Hyundai
NCELL
NIMB

काठमाडाैं । “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” योजनाअन्तर्गत ७१९१२७६१८६४ कास आईडीका ग्राहक रविन तामाङले नगद १ लाख रूपैयाँ जितेका छन् । सोमबार भएको ‘लक्की ड्र’ मार्फत रविन तामाङले नगद १ लाख रुपैयाँ जितेका हुन्।

नेपालकै अग्रणी डिटिएच सेवा प्रदायक डिसहोमले दसैं तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” सार्वजनिक गरेको हो । यस योजनाअन्तर्गत डिसहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरुले हरेक हप्ता ‘लक्की ड्र’ मार्फत नगद १ लाख रुपैयाँ प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटी झैँ जीवनशैली अनुभव गर्न सक्नेछन्।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् जसमा नगद १० लाख, मिडियामा प्रसिद्धी र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव पनि गर्न पाउनेछन् । यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरुले डिसहोमको नयाँ कनेक्सन वा डिसहोम रिचार्ज गर्नुपर्ने हुन्छ ।

सुपरस्टारको छनोट हरेक साताको सोमबार डिसहोमको शोकेश, सरोकार टिभी, रमाइलो टिभी, डिसहोमको आधिकारीक फेसबुक पेज र इमेज टिभीमा साँझ पाँच बजे प्रत्यक्ष प्रसारण हुनेछ । “हरेक साता सुपरस्टार सिजनकै मेगास्टार” अभियान असोज १ गतेदेखि सीमित अवधिका लागि नेपालभर लागू भएको कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्