Skip to content
Shikhar Insurance
National Life

नेप्सेसँगै घट्यो कारोबार रकम, सिटिजन लाइफ इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता

Hyundai
NCELL
NIMB

काठमाडौं । मंगलबार नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात सामान्य अंक बढेर बन्द भएको नेप्से, यसदिन भने घटेर बन्द भएको हो।

मंगलबार घटेको सेयर बजारमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा लगानीकर्ताहरु झुम्मिएका छन् । यसदिन इन्स्योरेन्सको ५ करोड ५९ लाख भन्दा बढीको सेयर कारोबार भएको छ।

त्यस्तै, एनआईसी एशियाको ५ करोड ३० लाख, रिलायबल नेपाल लाइफ इनसयोरेन्सको ३ करोड ७२ लाख, शिवम् सिमेन्टको ३ करोड ६८ लाख र सन नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड १७ लाख रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ।

नेपाल स्टक एक्सचेञ्न (नेप्से) परिसूचक मंगलबार १७.५६ अंक घटेर १९५८.७२ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ३.६६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१९ अंक र सेन्सेटिभ इण्डेक्स १.३२ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन १ अर्ब ७३ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस दिन २८१ कम्पनीको ५५ हजार ९६ पटकको कारोबारमा १ अर्ब १९ करोड ९१ लाख रुपैयाँ बराबरको ३९ लाख ६५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

यस दिन समता लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ७.९१ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन घलेम्दी हाइड्रोको सेयर मूल्य ७.८१ प्रतिशत बढेको छ भने हिमालयन लघुवित्तको सेयर मूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक साढे ७ प्रतिशत घटेको छ।

मंगलबार १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.४७ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन विकास बैंक, वित्त, होटल तथा पर्यटन। जलविद्युत र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्