Shikhar Insurance
National Life

आइसरले ल्यायो ‘सुनको बहार, बम्परमा कार’ उपहार योजना

सिंहदरबार संवाददाता
२०८० आश्विन १६, मंगलवार १२:४३
Hyundai
NCELL
NIMB

काठमाडौं । आइसरले नेपालीहरुको महान चाड दसैं र तिहारको उल्लासमय माहोलमा आफ्ना ग्राहकहरुका लागि नयाँ आइसर गाडीको खरिद गर्दा रोजेर उपहार लिन पाइने रमाइलो योजनाको घोषणा गरेको छ ।

आफ्ना उपभोक्ताहरूसँग खुसी साटासाट गरि चाडपर्वको उत्सव मनाउन बी।एम।सी।वी। ले दशैं तिहार स्कीमको घोषणा गरेको हो । यस योजना अन्तर्गत आइशर बस, ट्रक तथा ट्रिपरकाको खरिदमा सुनको बहार, टुर प्याकेज, यामाहा बाइक र स्कुटर, सवारी साधनको फ्री सर्भिसिङ र स्पेयर पार्ट्स अथवा फ्री ईएमआई मध्येबाट ग्राहकहरुले रोजेर उपहार लिन पाउने अवसर प्रदान गर्ने भएको छ । यो योजनाको अन्त्यमा बम्पर उपहार अन्तर्गत एकजना भाग्यमानीले मिनी इभी कार पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उल्लेखित उपहारहरुबाहेक चालकलाई ५ लाख र २५ लाख रूपैयाँको आकस्मिक बिमा, १ वर्षको सवारी बिमा तथा १ आर्थिक वर्षको सम्पूर्ण सडक करको सुविधा पनि आइशरले प्रदान गर्नेछ । ७० भन्दा बढी देशहरूमा फैलिएको आइशर, भोल्भो र आइशरको संयुक्त परियोजनामा बिबिध मूल्य र प्रयोजनका लागि नयाँ प्रविधिका साथ बिभिन्न उत्पादनहरू बजारमा उपलब्ध गराउदै आइरहेको छ ।

साथै हालसालै भएको बतास र एमएडब्लूको एकताले ब्यवसायिक सवारी साधनको बजारमा नयाँ आयाम थप्नुका साथै ११ शाखा, ४ डिलर र १६ टच पोइण्टस्को साथ देशै भर ब्यवसायिक सवारी साधन उपलब्ध गराउँदै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्