काठमाडौं । प्रतिनिधी सभाको अर्थ समितिले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रकरणबारे छलफल गर्न बैठक डाकेको छ । मंगलबारका लागि डाकिएको समिति बैठकमा आन्तरिक छलफलको एजेण्डाका रुपमा नयाँ स्टक एक्सचेञ्जलाई राखिएको छ ।
यस अघि समितिले स्टकको लाइसेन्स वितरण प्रक्रिया रोक्न निर्देशन दिएको थियो । ब्रोकर लाइसेन्स वितरणका लागि बाटो खोलि दिएको समितिले स्टकका बारेमा भने केहि निर्णय गरेको थिएन् । प्रधानमन्त्री प्रचण्डले पनि मन्त्रिपरिषद बैठकबाटै निर्णय गराएर स्टकको लाइसेन्स रोक्न भनेका थिए ।
अर्थसमितिको मंगलबारको आन्तरिक छलफलले सर्बोच्च अदालतको नयाँ स्टकको लाइसेन्स प्रक्रिया बारे गरेको फैसलाको कार्यान्वयन बारे आन्तरिक परामर्श गर्ने श्रोतले बतायो । नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण प्रक्रिया नरोक्न सर्बोच्च अदालतले आदेश दिएको थियो । तर अर्थ समितिले लाइसेन्स दिने प्रक्रिया रोक्न भनेको थियो । प्रधानमन्त्री प्रचण्डले पनि मन्त्री परिषद बैठक बाट लाइसेन्स प्रक्रिया रोक्न भनेका थिए । आवेदन प्राप्त गरेर मूल्यांकन प्रक्रिया अघि बढ्न लाग्दा ब्यवसायीक घरानाहरु आफुले लाइसेन्स पाउनु पर्ने लबिङ सहित प्रधानमन्त्री कहाँ पुगेका थिए । नेपाल उध्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, एनआरएनका सस्थापक अध्यक्ष उपेन्द्र महतो, मनोज केडिया लगाएतले स्टकको लाइसेन्स प्रक्रिया रोक्न भुमिका खेलेको बताइन्छ ।
प्रतिक्रिया दिनुहोस्