काठमाडौं । सामसङ नेपालले नेपालीहरूको चाड दसैंलाई लक्षित गरेर ‘रमाइलो दसैं-तिहार, मायाले भरौँ घर परिवार’ नामक अफर घोषणा गरेको छ। यस अफरअन्तर्गत सामसङले ४१ प्रतिशतसम्मको छुटमा टेलिभिजन सेट र होम अप्लायन्सहरू उपलब्ध गराउने जनाएको छ ।
उक्त अफरले सामसङको टिभी, रेफ्रिजरेटर र वासिङ मेसिनको आकर्षक रेन्जलाई समावेश गरिएको छ । जसमा आकर्षक क्यासब्याक अफरका साथ नयाँ लन्चहरू पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ । सामसङ १७ वर्षदेखि ग्लोबल नम्बर १ टिभी ब्रान्ड रहेको कम्पनीले जनाएको छ । ग्राहकहरुले कुनै पनि सामसङको नयाँ टिभी खरिद गर्दा त्यसमा ३ वर्षको वारेन्टी पनि पाउन सक्छन् ।
होम थियेटर एक्सपिरिएन्स अफरको साथ ग्राहकहरूले सामसङको कुनै पनि नयाँ टिभीसँग टि४००, बि४५०, ए४५०, ति४२० र एमएक्स–ति५० लगायत जुन पनि साउण्डबारको खरिद गर्दा बन्डल छुट पाउन सक्ने छन्। ग्राहकहरूले दशैं–तिहारको मौकामा सामसङको नवीनतम टिभी नियो क्युएलईडी टिभी खरिद गर्दा ४१ हजार ६ सय ९० रूपैयाँको बि४५० साउण्डबार सित्तैमा पाउने छन्।
यस्तै, कम्पनीले रेफ्रजेरेटरमा पनि आकर्षक क्यासव्याक अफरका उपलब्ध गराएको बनाएको छ । कम्पनीले फ्रिजको डीआइटि कम्प्रेसर र वाशिङ मेसिनको डीआइटी मोटरमा २० वर्षको वारेन्टी प्रदान गरेको जनाएको छ।
सामसङले आफ्नो यो अफर सबै ग्राहकको लागि सरल बनाउनको लागि झन्झट रहित ०५ ब्याज भएको ईएमआइ तथा फ्री इन्सटलेसन जस्ता सुविधा पनि प्रदान गरेको छ। मंसिर ४ गतेसम्म रहेको यो अफर नेपालमा सामसङका आधिकारिक वितरक हिम इलेकट्रोनिक्स र त्रिवेणी व्यापारले उपलब्ध गराएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्