Skip to content
Shikhar Insurance
National Life

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। अघिल्ला दुई कारोबार दिन घटेर बन्द भएको नेप्से, सोमबार सामान्य अंकले बढेर बन्द भएको हो।

यस दिन नेप्से परिसूचक ५.१९ अंक बढेर १९७६.२९ विन्दुमा पुगेको छ। त्यसैगरी, ठूला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स ०.६६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.३८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२४ अंक बढेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने सामान्य घटेको छ। यस दिन २८६ कम्पनीको ८५ हजार ५९१ पटकको कारोबारमा १ अर्ब ७३ करोड ७३ लाख रुपैयाँ बराबरको ५७ लाख ७६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। अघिल्लो कारोबारको दिन १ अर्ब ८३ करोड ४ लाख ८६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

सोमबार दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सिवाईसी लघुवित्त वित्तीय संस्था र सयपत्री हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको ९.६६ प्रतिशत र सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.४९ प्रतिशतले बढेको छ। कारोबारमा आएको पिपुल्स हाइड्रोपावरको सेयर मूल्य ५.२९ प्रतिशत र मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको सेयर मूल्य ५.२३ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा एनआईसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ। बैंकको २१ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन भएका कारण सेयर कारोबार बढेको हो।

त्यसैगरी, सिटिजन लाइफ इन्स्योरेन्सको १२ करोड ८९ लाख, सोलटी होटलको ८ करोड १० लाख, एभरेष्ट बैंकको ५ करोड ३१ लाख र रिलायबल नेपाल लाइफ इनस्योरेन्सको ४ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भई शीर्ष पाँच भित्र रहेको छ ।

सोमबार १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.३३ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक १ प्रतिशत बढेको छ। यस दिन होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक घटेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्