काठमाडौं । अब हिमाल रेमिटको रेमिटान्स भुक्तानी राष्ट्रिय वाणिज्य बैंक मार्फत हुने भएको छ । हिमाल रेमिट र राष्ट्रिय वाणिज्य बैंक बीच हिमाल रेमिटबाट पठाएको पैसा राष्ट्रिय वाणिज्य बैंकको देशैभरका साखाहरुवाट झिक्न मिल्ने सम्झौत सम्पन्न भएको छ ।
अब बिश्वका जुनसुकै देशहरुमा रहेका ब्यक्तीले आफ्ना आफन्तहरुलाई हिमाल रेमिटबाट पठाएको वैदेशिक रेमिटान्स राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका ७७ जिल्लामा रहेका २८४ वटा शाखा कार्यालयहरुबाट आफन्तहरुले भुक्तानी लिन सक्ने भएका छन् । दूर दराजमा रहेका ग्राहकहरुले पनि यो सुबिधा प्राप्त गर्न बैंकले जनाएको छ ।
यसपछि बैंकका ग्राहकहरु तथा अन्य वैदेशिक रेमिटान्स प्राप्त गर्ने ग्राहकहरुलाई नेपालमा रेमिटान्स प्राप्त गर्न सहज हुने बिस्वास बैंकको रहेको छ ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र हिमाल रेमिटका लागि प्रिन्सिपल एजेन्ट सि एफ एस रेमिट प्रा.लि.का बीच यस अघि भएको सम्झौतापत्रमा बैंकका तर्फबाट विभागीय प्रमुख ऋषि राम ढकाल र प्रिन्सिपल एजेन्ट सि एफ एस रेमिटका प्रमुख कार्यकारी अधिकृत बवि शर्माले हस्ताक्षर गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्