Skip to content
Shikhar Insurance
National Life

दोहोरो अंकले घट्यो सेयर बजार, ५ कम्पनीको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेर बनद भएको छ। आइतबार नेप्से परिसूचक ३३.२० अंक घटेर १९७१.१० विन्दुमा बनद भएको हो ।

त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ५.५५ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.३१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७८ अंक घटेको छ।

यस दिन २८४ कम्पनीको ८२ हजार ८०० पटकको कारोबारमा १ अर्ब ८३ करोड ४ लाख ८६ हजार रुपैयाँ बराबरको ६७ लाख २३ हजार कित्ता सेयर कारोबार भएको छ।कारोबारमा आएको १० कम्पनकिो सेयर मूल्य बढेको छ । २२० कम्पनीको सेयर मूल्य घटेको छ भने, २ कम्पनकिो सेयर मूल्य स्थिर छ ।

नेप्से घटेसँगै यस दिन ५ कम्पनीको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सनराइज फस्ट म्युचुअल फण्ड, अप्पर हेवाखोला हाइड्रोपावर, एशियन हाइड्रोपावर, मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर र सिटिजन लाइफ इन्स्योरेन्स सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, मेन्छियाम हाइड्रोपावरको ९.९७ प्रतिशत, स्वाभिमान लघुवित्तको ९.३७ प्रतिशत, अप्पर सोलु हाइड्रोको ९.३१ प्रतिशत, अप्पर लोहोरे खोला हाइड्रोपावरको ९.२२ प्रतिशत र मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य ९.०८ प्रतिशतले घटेको छ। कारोबारमा आएको सयपत्री हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ३.३२ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन वित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बाँकी ११ उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सिटिजन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। इन्स्योरेन्सको १४ करोड ७३ लाख ६० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

इन्स्योरेन्सको सेयर यसै दिनदेखि कारोबारमा आएको हो। त्यस्तै, एनआईसी एशिया बैंकको ९ करोड ३५ लाख, सन नेपाल लाइफ इन्सयोरेन्सको ६ करोड ३ लाख, रिलायबल नेपाल लाइफ इन्सयोरेन्सको ५ करोड ४० लाख र शिवम् सिमेन्टको ४ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भई शीर्ष पाँच भित्र रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्