Shikhar Insurance
National Life

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो ७२० ग्राम सुन बरामद

सिंहदरबार संवाददाता
२०८० आश्विन १४, आईतवार १२:५४
Hyundai
NCELL
NIMB

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले २ किलो ७ सय २० ग्राम सुनसहित एक जना फिलिपिन्सकी महिलालाई पक्राउ गरेको छ ।

फ्लाई दुबईको उडान नम्बर एफजेड ५७५ को जहाजबाट शुक्रबार राति काठमाडौं आएकी फिलिपिन्सकी अन्दाजी ३१ वर्षीया अनालङ अरोन्स रोविकनलाई पक्राउ गरिएकोे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनका अनुसार पक्राउ परेकी निज महिलाले आफ्नो भित्री वस्त्रमा पाँच पोका प्लास्टिकसहित दुई केजी सात सय २० ग्राम सुन मिसिएको पाउडर लुकाइछिपाइ लैजाँदै गरेको अवस्थामा महानगरीय प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गार्डको कार्यालयबाट खटिएको सादा पोसाकको टोलीले सामानसहित पक्राउ गरी थप अनुसन्धानका लागि गौशाला पठाएको थियो ।

प्रहरीले हाल उक्त सुन र सुन ल्याउने निज फिलिपिन्सकी महिलालाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयलाई बुझाएको प्रहरी नायब महानिरीक्षक चन्दले बताए।

GBIME

प्रतिक्रिया दिनुहोस्