काठमाडाैं । नेपाली इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साईले नेपालीहरुको चाड दसैं-तिहार २०८० लाई लक्षित गर्दै ‘यो दसैं-तिहार, हरेक दिन टिभी उपहार’ नामक योजना हालै बजारमा सार्वजनिक गरेको छ । ग्राहकहरुले यो योजनाको लाभ भदाै २७ गतेदेखि नेपालभरी सीमित अवधिका लागि उठाउन सक्नेछन्र ।
यो योजनाअन्तर्गत सेन्साई ब्राण्डका कुनै पनि सामानको खरिदपश्चात ‘लक्की ड्र’ मार्फत ४० दिन सम्म ४० भाग्यशाली ग्राहकहरुले प्रत्येक दिन सेन्साईको २४ इन्चको टिभी उपहार जित्न सक्नेछन्। सेन्साईका ग्राहकहरुले आफूलाई यो ‘लक्की ड्र’मा सहभागी गराउन दिइएको क्युआर कोड स्क्यान गरेर प्राप्त भएको फोर्ममा नाम, ठेगाना, फोन नम्बर र खरिद गरिएको सामान तथा वारेण्टी कार्ड नम्बर जस्ता विवरण भर्नुपर्नेछ। कम्पनीले समान खरिद गर्ने ग्राहकका लागि फ्री डेलिभरी, फ्री इन्स्टलेसन सुबिधा पनि प्रदान गरेको छ।
त्यसैगरी शून्य प्रतिशतमा फाइनान्स सुबिधा, पुराना भएका सामान फेरबदल गरी नयाँ सामान लान चाहने ग्राहकका लागि एक्सचेन्ज अफर सुबिधा र चाडपर्वको अवसरमा सामान खरिद गर्ने ग्राहकहरुले “सीजी लोयल्टी क्लब’को रिवार्ड प्रोग्रामअन्तर्गत लोयल्टी सदस्यहरुले ललितपुरस्थित होटल विभान्तामा २५५ सम्म छुट पाउनु सक्नु हुनेछन् । यी सुबिधाका लागि ग्राहकहरुले धधध।अनभभिह।अयm मा गएर आफ्नो विवरण दर्ता गर्न सक्नेछन्।
नेपाल अधिराज्यभर सेन्साई ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सीजी इओएल रहेको छ । सीजी इलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जालमार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ। कम्पनीका सीजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङ्गाल, कुमारीपाटी, बसुन्धरा, जोरपाटी, भक्तपुर राधे राधे, रबिभवन, किर्तिपुर, हात्तीगौंडा, त्रिपुरेश्वर, गत्थाघर, टेकु, नयाँ बजार र काठमाडौं बाहिर बनेपा, पोखरा, इटहरी, हेटौंडा, भरतपुरमा छन्।
प्रतिक्रिया दिनुहोस्