Shikhar Insurance
National Life

इन्धनको मूल्य बढ्याे, डिजेल/पेट्रोल र ग्यासलाई अब कति पर्छ ?

सिंहदरबार संवाददाता
२०८० आश्विन १३, शनिबार २१:१४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको छ । निगमले शनिबार राती १२ बजेदेखि लागु हुने गरि डिजेल, पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्य वृद्धि गरेको हो ।

निगमले पेट्रोलमा प्रतिलिटर २, डिजेल/मट्टितेलमा प्रतिलिटर ६ रुपैयाले मूल्य वृद्धि गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, खाना पकाउने एलपि ग्यासको मूल्य पनि प्रति सिलिन्डर २ सय १५ रुपैयाँ बढाउने निर्णय गरेको हो ।
निगमले हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाएको छ । अब खाना पकाउने ग्यासको मूल्य प्रति सिलिन्डर २११० रुपैयाँ पुगेको छ, जुन इतिहासकै सर्वाधिक हो । ईन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य शुच अनुसार नेपालमा पनि मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्